Logo

मनोरञ्जन

पल शाहविरुद्ध समिक्षा अधिकारीले दिइन प्रहरीमा उजुरी


GDP नेपाल
   ११ फाल्गुन २०७८, बुधबार


नेपाली चलचित्रका चर्चित अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणी मुद्दामा उजुरी दर्ता भएको छ । शाहविरुद्ध गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी छन् ।

अधिकारीले परिवारसहित प्रहरी कार्यालय तनहुँ पुगेर शाहले म्यूजिक भिडियो सुटिङका सिलसिलामा तनहुँ गएका बेला फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग लगाउँदै उजुरी दिएकी हु्न् ।

पछिल्लो समय नेपाली मनोरञ्जन क्षेत्रमा शाह र अधिकारी प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । यति, मात्र नभएर शाह आफैले अधिकारीसँग शारीरिक सम्बन्ध भएको स्वीकार गरेको एक अडियो समेत सार्वजनिक भएको थियो । तर, शाहले उक्त अडियोमा आफू नभएको बताउँदै फसाउन खोजिएको जनाएका थिए ।

उमेरले अधिकारी नाबालिका हुन् । कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि जबर्जस्ती करणी ठहरिन्छ ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह