Logo

Banner-news

आइएमई जनरल इन्स्योरेन्सका सिइओ श्रेष्ठ ‘आउटस्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड’ बाट सम्मानित


GDP नेपाल
   २९ चैत्र २०७८, मंगलबार


आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेशभक्त बादे श्रेष्ठ ‘आउटस्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मानित भएका छन् ।

नेपाल व्यवस्थापन संघ (म्यान)ले होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई सम्मान गरेको हो ।

श्रेष्ठले सम्मान ग्रहण गर्दै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्‍याउने ग्राहक, शेयरधनी, कर्मचारीहरु, नियामक निकाय, तथा सञ्चार जगतलाई धन्यवाद ज्ञापन गरे । समाहरोहमा श्रेष्ठले यस सम्मानबाट थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिए ।

यस्तै, उनले नेपालको निर्जीवन बीमा क्षेत्रमा आइएमई जनरल इन्स्योरेन्सलाई एक अग्रणी बीमा कम्पनीको रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह