Logo

घुमफिर

पदयात्रा पर्यटनमा सकारात्मक सङ्केत


GDP नेपाल
   ३० चैत्र २०७८, बुधबार


कोरोनाका कारण सुस्ताएको पदयात्रा पर्यटनले गति लिन थालेसँगै यस क्षेत्रमा लाग्ने व्यवसायी उत्साहित बनेका छन् ।पछिल्ला दिनमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा स्थापित बन्दै गएका अन्नपूर्ण आधार शिविरको पदयात्रा होस वा मर्दी हिमालको पदयात्राका लागि दैनिक ठूलै सङ्ख्यामा पदयात्री जाने गरेका छन् । पछिल्ला दिनमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि पदयात्राका लागि आउन थालेसँगै पदयात्रा मार्गका व्यवसायीमा उत्साह थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताउनुभयो ।

समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि युरोपियन, इटालियनलगायत स्थानका विदेशी पर्यटक आउन थालेको उहाँले बताउनुभयो । पछिल्ला समयमा कोरोना सङ्क्रमणको दर घट्दै गएको र जनजीवन सामान्यावस्थामा फर्किंदै गरेको अवस्थामा फागुनको अन्तिम सातादेखि नै पर्यटकको चाप बढ्दै गएको उहाँले जानकारी यिदनुभयो ।

उहाँका अनुसार पदमार्गअन्तर्गतका होटेल सबै स्थानमा खुली पर्यटकको सेवामा लागेका छन् । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमाल अन्नपूर्णको काखमा गरिने गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रामध्ये पर्छ । सर्वप्रथम सन् १९५० जुन ३ मा फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम ९८,०९१० को सफल आरोहण गरेसँँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । सो सफलतासँगै सन् १९५३ मे २९ मा सर्वप्रथम तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

अन्नपूर्ण पदयात्रा मार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गका योजनाकार कर्णेल जिम्मी रवर्टस ९बेलायत० हुन् । उनले सन् १९६५/६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गबारे दैनिकी लेखेका थिए । समुद्र सतहदेखि चार हजार १३० मिटरमा अवस्थित अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गको पहिलो यात्री एरिक सिप्टन (१९६६) हुन् । उनले गरेको पदयात्रासँगै यस क्षेत्रको पदयात्रामा आकर्षण बढ्दै गएको हो । तथ्याङ्कानुसार नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पदयात्राका लागि नै आउने गर्छन् । त्यस्तै १० प्रतिशत हिमाल आरोहण र २० प्रतिशत अन्य पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गर्छन ।

आजभन्दा चार दशकअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडी बस्नुपथ्र्यो । पछिल्लो तीन दशकयता पदयात्रा मार्गमा पर्याप्त होटल नरहे पनि यहाँका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा हाल २६ होटेल सञ्चालनमा रहेकोमा पछिल्ला समयमा ती होटेलको क्षमता विस्तारसँगै नयाँ होटेल खोल्ने क्रम पनि सुरु भएको छ ।

उक्त क्षेत्रमा स्थानीय सरकार, पर्यटन व्यवसायीसहित सरोकारवालाबीच सहमति कायम गरी अन्य १० वटा होटेल थप्ने निर्णय गरिएकोमा दुई तीन वटा होटेल बनिसकेको र अन्य बन्ने क्रममा रहेको स्थानीय समाजसेवी एवं अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप० द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डानुसार यसअघि यहाँका २६ होटेल प्रत्येकमा छ कोठाका दरले १५६ कोठा रहेका थिए ।

संयोजक गुरुङका अनुसार अन्नपूर्ण आधार शिविर र यहाँको पर्यटकीय महत्वलाई उजागर गर्न अन्नपूर्ण सेञ्चुरी समितिले वार्षिकरुपमा अन्नपूर्ण म्याराथनसमेत आयोजना गर्दै आएकोमा विगत दुई वर्षयता कोरोना कहरले प्रभावित बनाएको छ । प्रत्येक वर्ष जुन ३ ९अन्नपूर्ण डे० का अवसरमा गरिने म्याराथनमा विदेशी धावकसमेत सहभागी बन्ने गरेका छन् ।

पदयात्रा मार्गकै देउरालीको पूर्वतर्फको पहाडमा अवस्थित गौतम बुद्धको आकृति, दोभान र हिमालयका बीचमा अवस्थित अतिप्राचीन पूजनीयम बराह र त्यहाँबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्ता स्थललाई थप व्यवस्थित गर्दै लैजाने गरी स्थानीयले प्रयास थालेका छन् । पदमार्गमा पर्ने धार्मिक पर्यटकीय महत्वको पुजनीयम् बराहको मन्दिर बनाउने काम भइरहेको छ ।

पदयात्रा पर्यटनमा पछिल्ला समयमा बढ्दै गएको पर्यटकको आकर्षणले आफूहरूलाई थप उत्साहित बनाएको बताउँदै सचिव गुरुङले यसलाई आफूहरूले शुभ सङ्केतका रुपमा लिएको बताउनुभयो । कोरोना कहर पछि पर्यटको आगमनलाई बढाउन आफूहरूले होटेलको मेनुका आन्तरिक पर्यटकका लागि ३० प्रतिशतसम्म छुट दिएको उहाँको भनाइ छ ।

अन्नपूर्ण आधार शिविरको पदमार्गसँगै कास्कीकै अर्को महत्वपूर्ण मर्दी हिमाल पदमार्गमा पनि पर्यटकको चाप बढ्दै गएको युवा पर्यटन व्यवसायी सुदीप गौतमले जानकारी दिनुभयो ।

मर्दी हिमालमा पदयात्राका लागि पछिल्ला दिनमा दैनिक १०० भन्दा बढी सङ्ख्यामा पर्यटक आउने गरेको जनाउँदै उहाँले पदयात्रा पर्यटनमा सकारात्मक सङ्केत मिलेको र यसले व्यवसायीमा उत्साह थपेको बताउनुभयो ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह