Logo

Sub-banner

यूनाइटेड सिमेन्ट्सद्वारा विभिन्न स्थानमा ठेकेदार तथा मिस्त्रीहरुलाई प्रशिक्षण


GDP नेपाल
   ४ बैशाख २०७९, आइतबार


यूनाइटेड सिमेन्ट्स प्रालिले काठमाडौं तथा ललितपुरका विभिन्न स्थानमा ठेकेदार तथा मिस्त्रीहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरीय निर्माणको बिषयमा प्रशिक्षण दिएको छ।

केही निर्माणकर्मीहरु बिगतका अनुभवको आधारमा मात्र निर्माणको काम गर्दै आएको, तर सहि निर्माण कसरी गर्ने भन्ने बारेमा प्राविधिक ज्ञानको कमी देखिएकोले उनीहरुलाई गुणस्तरीय निर्माण गर्ने तरिकाको ज्ञान दिनुपर्ने आवश्यकता रहेको भन्दै यूनाइटेड सिमेन्ट्सले यी कार्यक्रम को पुनस् थालनी गरेको हो।

हाल सम्म ४ ओटा स्थानमा सयौं निर्माणकर्मीलाई प्रशिक्षण दिइसकिएको र यो कार्यक्रम निरन्तर चलिरहने तथा हजारौं निर्माणकर्मीलाई प्रशिक्षण दिने कम्पनीको लक्ष्य रहेको छ।

सिमेन्ट के हो ?  र कसरी बन्छ ? भन्ने प्राविधिक जानकारीका साथै राम्रो गुणस्तरको सिमेन्ट मसला बनाउने तरिका, डण्डी बाँध्ने सहि तरिका, कंक्रिटका विभिन्न ग्रेडहरुको बारेमा जानकारी, कंक्रिटमा पानीको मात्रा र यसको असर आदि बिषयमा सो कार्यक्रममा प्रस्ट पारिएको थियो।

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरी, आफैँ क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले विगत ७ वर्षदेखि नौबीसेमा रहेको आफ्नो कारखानाबाट उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ।

काठमाडौं उपत्यकाको सबैभन्दा नजिक रहेको विशाल सिमेन्ट उद्योग युनाइटेड सिमेन्ट्स प्रा। लि। नै हो जसले आफ्ना ग्राहकलाई सधैँ ताजा र गुणस्तरीय सिमेन्ट उपलब्ध गराउँदै आएको छ ।

५३ ग्रेड तथा ४३ ग्रेड को ओपीसी सिमेन्ट बनाउँदै आएको यस उद्योगले आफ्ना ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई सधैँ मजबुत बनाएको छ ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह