Logo

कृषि / सहकारी

नेपाल फाइनान्सको साधारण सभा सम्पन्न, ५ जना सञ्चालक निर्वाचित


GDP नेपाल
   ५ बैशाख २०७९, सोमबार


नेपाल फाइनान्स लिमिटेडको साधारण सभा सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष प्रा।हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुको साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षक नियुक्तिगर्ने निर्णय पारित गरेको छ ।

सभाले आगामी चार वर्षका लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ । जसमध्ये संस्थापक समूहबाट हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापति, विकेश शाक्य र सर्वसाधारणको तर्फबाट लक्ष्मी महर्जन निर्वाचित भएका छन् ।

त्यसैगरी, सोही सभाले विशेष प्रस्तावअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्नेर गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह