Logo

Sub-banner

‘आइएमई पे’को नयाँ योजना: हवाई टिकट काट्दा क्यासब्याकका साथै ३०० सम्म छुट


GDP नेपाल
   ५ बैशाख २०७९, सोमबार


आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त रू. ३०० छुट प्राप्त गर्न सक्नेछन् । यात्राको लागि सबैभन्दा सहज माध्यम हवाइ उडान भएकोले हवाइ उडानमार्फत यात्रा गर्न प्रोत्साहन गर्न यस्तो योजना ल्यायएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हवाई उडान टिकटमा ५० प्रतिशतसम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणिय गण्तव्यको फ्री हवाइ टिकट प्रदान गर्ने योजनाहरु रहेका छन् । योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउँनेछन् भने फर्स्ट टाईम युजर्सहरुले आइएमई पे एपको पूर्व उल्लेखित क्यासब्याकको साथै रू. ३०० अतिरिक्त छुट पाउनेछन् । अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यासब्याकमा आइएमई पे एप मार्फत हवाइ उडान टिकट बुक गर्न सक्नेछन् ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह