Logo

Banner-news

व्यापार घाटा न्यूनीकरणका लागि नेपाल चेम्बर अफ कमर्स र हस्तकला महासङ्घबीच सहकार्य


GDP नेपाल
   ५ बैशाख २०७९, सोमबार


हस्तकलाका वस्तुको निर्यात प्रवर्द्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासङ्घबीच सहकार्य हुने भएको छ । व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तरराष्ट्रिय पहिचानका लागि हस्तकलाका सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासङ्घले निर्यात प्रवर्द्धनमा सहकार्य गर्न लागेको बताइएको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजीकरण, कच्चा पदार्थमा सहकार्य, भन्सारमा देखिएका जटिलता हटाउन महासङ्घसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो । महासङ्घका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई जमलस्थित चेम्बर भवनमा आज स्वागत गर्दै अध्यक्ष मल्लले नेपालका हस्तकलाका बस्तुहरूको अन्तराष्ट्रिय प्रर्दशनी एवं मेलामा सहभागिताका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

हस्तकलाका उद्योगले व्यापक मात्रामा रोजगारी सिर्जना गुर्नुका साथै सीप, कला कौशलका माध्यमबाट संस्कृतिको संरक्षण र सवद्र्धनमा ठूलो सहयोग गर्दै आएको मल्लले जानकारी गराउनुभयो ।

अमेरिका, अधिकांश युरोपेली मुलुक, जापान, चीन, भारत, कोरियालगायत एसियाली मुलुकमा समेत नेपाली हस्तकलाका सामग्रीहरू निर्यात भइरहेको भन्दै अध्यक्ष मल्लले राज्यबाट सहुलियत प्राप्त हुने हो भने आर्थिक रूपमा धेरै लाभ लिन सकिने धारणा राख्नुभयो । कार्यक्रममा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले आफूहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरूको निर्यातका लागि भन्सारलगायतका ठाउँमा विभिन्न नीतिगत समस्या रहेको बताउँदै त्यसका लागि सहजीकरण गरिदिन कमर्ससँग आग्रह गरेको बताउनुभयो ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह