Logo

Sub-banner

नेपाल फर्मा एक्स्पो चितवनमा


GDP नेपाल
   ६ बैशाख २०७९, मंगलबार


यही वैशाख ९ गतेदेखि ११ गतेसम्म आठौँ नेपाल फर्मा एक्स्पो २०२२ भरतपुरमा हुने भएको छ । नेपाल औषधि उत्पादक सङ्घले चितवन एक्स्पो सेन्टर भरतपुर एक्स्पोको आयोजना गरेको हो ।

सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीका अनुसार एक्स्पोमा स्वदेशी र विदेशी गरी १५० स्टल रहने छन् । नेपाल, भारत र बङ्गलादेशको एउटा स्टल रहने उहाँले जानकारी दिनुभयो । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न बहुराष्ट्रिय कम्पनी र नेपाली औषधि उद्योगहरूले एक्स्पोमा भाग लिनेछन् । एक्स्पोको अवसर पारेर विभिन्न प्राविधिक एवं नीतिगत विषयमा छलफल तथा गोष्ठी आयोजना हुनेछन् ।

नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिन, कच्चा पदार्थ, प्याकेजिङ मेटेरियललगायतमा पछिल्लो समयमा भएका विकासको प्रदर्शनी हुने क्षेत्रीले जानकारी दिनुभयो । उहाँले नेपालमा गुणस्तरीय र आवश्यक परिमाण औषधि उत्पादन हुनसक्छ भन्ने कुरालाई जनमानसमा लैजाने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बताउनुभयो ।

सङ्घका उपाध्यक्ष एवं एक्स्पोका मिडिया कोर्डिनेटर सन्तोष बरालले यसपटकको एक्स्पो नेपालमा औषधि उत्पादन क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने अभियानमा केन्द्रित हुने बताउनुभयो । उहाँले विगत २० वर्षदेखि हरेक दुई–दुई वर्षमा नेपाल फर्मा एक्स्पो हुँदै आएको भए पनि कोभिडका कारण रोकिएको बताउनुभयो । यसपटक आठौँ एक्स्पो हुन लागेको हो । एक्स्पो १५ हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । यसअघिको सातौँ एक्सपो पनि चितवनमा नै भएको थियो । एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह