Logo

Sub-banner

मेटलाइफ र क्लिन अप नेपालद्वारा बुडानिलकण्ठमा सरसफाई कार्यक्रम आयोजना


GDP नेपाल
   ६ बैशाख २०७९, मंगलबार


मेटलाइफ नेपालसँगको सहकार्यमा क्लिन अप नेपालले आइतबार भगवान विष्णुको वासस्थान बुढानीलकण्ठ मन्दिर परिसरमा ‘लिटर क्लीन अप इभेन्ट’ आयोजना गरेको छ । सरसफाइको उद्देश्यले आयोजना गरिएको कार्यक्रमले समुदाय, नागरिक समाज, सरकारी तथा निजी संघसंस्थालाई एकताबद्ध बनाउन सहयोग गरेको थियो । कार्यक्रममा बुढानिलकण्ठ नारायणथान व्यवस्थापन समिति, सामुदायिक प्रहरी सेवा केन्द्र, महानगरीय प्रहरी प्रभाग, वातावरण संरक्षण अभियान नेपाल (इसिआइ) र युवा समूहको सहभागिता थियो ।

नेपालका सबै प्रमुख सहरमा बढ्दो वातावरणीय प्रदुषणको पछाडि जम्मा भएको फोहोरको अनुचित व्यवस्थापन र जलाउने प्रमुख कारण रहेको छ । फोहोरको प्रबन्धनले नकारात्मक स्वास्थ्य र पर्यावरणीय खतराहरू निम्त्याउँछ । फोहोर फाल्ने, नियमित सरसफाईमा संलग्न हुने, फोहोरको झोला साथमा बोक्ने र सार्वजनिक स्थानमा भन्दा फोहोर फाल्ने भाँडोमा मात्रै फोहोर फाल्ने भत्रे विषयमा सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

विभित्र प्रकारका फोहोर र फोहोर छुट्याउने विषयमा सहभागीहरुलाई जानकारी दिएर कार्यक्रमसुरु भएको थियो । त्यसैगरी सहभागीहरूलाई विभित्र समूहमा विभाजन गरी मन्दिर वरपरका विभित्र ठाउँमा सरसफाइका लागि परिक्रमा गरिएको थियो । उचित फोहोर व्यवस्थापनको महत्वबारे जनचेतना जगाउने मुख्य उद्देश्यका साथ भएको सरसफाई कार्यक्रममा ५५ जना सहभागी थिए ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह