Logo

बैंक / बिमा /शेयर

माछापुच्छ्रे बैंकले कमायो १ अर्ब ५५ करोड नाफा


GDP नेपाल
   ७ बैशाख २०७९, बुधबार


माछापुच्छ्रे बैंकको तेस्रो त्रैमासीक वित्तिय विवरण सार्वजनिक भएको छ ।

विवरण अनुसार बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्ममा १ अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको तुलनामा बैंकको नाफा १४.५५ प्रतिशतले बढेको हो । गत वर्षको समीक्षा अवधिमा बैंकले १ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब ४७ करोड पुग्दा सञ्चालन मुनाफा बढेर २ अर्ब २२ करोड ३२१ लाख रूपियाँकायम भएको छ । त्यस्तै ब्याजदर स्प्रेड ४.०४ प्रतिशतबाट बढेर ४.१९ प्रतिशतमा आइपुगेको छ । बैंकले १८ अर्ब रुपैयाँको कर्जा विस्तार गरेको छ । त्यस्तै कर्जा १ खर्ब ३१ अर्ब १७ करोड २७ लाख रुपैयाँ पुगेको छ । निक्षेपमा पनि १० अर्बले बढेर १ खर्ब ४१ अर्ब ८ करोड ८ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी २०.१७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३९.७० रुपैयाँ पुगेको छ ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह