Logo

बैंक / बिमा /शेयर

ग्लोबल आईएमई बैंकको खुद नाफा ४.१३ प्रतिशतले बढ्यो



ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा बैंकको नाफा ४.१३ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ८.२९ प्रतिशतले बढेर ७ अर्ब ४३ करोड ९७ लाख ४४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ६ अर्ब ८७ करोड २ लाख १२ हजार रूपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन मुनाफा पनि २.७३ प्रतिशतले बढेर ५ अर्ब १७ करोड ५६ लाख ६७ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ५ अर्ब ३ करोड ८२ लाख ८५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ८४ करोड ७४ लाख ४८ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ ५ पैसाबाट घटेर २० रूपैयाँ ८८ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४५ पैसा रहेको छ ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह