Logo

बैंक / बिमा /शेयर

उपकार लघुवित्तको आईपीओ बाँडफाँड शुक्रबार


GDP नेपाल
   ७ बैशाख २०७९, बुधबार


उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । नेपाल एसबीआई मर्चेन्टको हात्तीसारस्थित कार्यालयमा बिहान ८ बजे आईपीओ बाँडफाँड हुने भएको हो ।

उपकार लघुवित्तले गत चैत २५ गतेदेखि चैत ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री गरेको थियो । कुल कित्तामध्ये ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् ।

यो लघुवित्तको आईपीओमा मागभन्दा झन्डै १२५ गुणा बढी आवेदन परेको छ। यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार भाग्यमानी २२ हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह