Logo

बैंक / बिमा /शेयर

तेस्रो त्रैमासमा सेञ्चुरी बैंकको नाफा १ अर्ब १ करोड


GDP नेपाल
   ७ बैशाख २०७९, बुधबार


सेञ्चुरी कर्मसियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार चैत मसान्तसम्ममा बैंकले एक अर्ब एक करोड ५६ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकले ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी नौं अर्ब ५५ करोड ३९ लाख नौं हजार रुपैंयाँ रहेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९० अर्ब ५२ करोड ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब दुई करोड २७ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब १४ करोड १६ लाख आठ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ९४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ५१ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

गत आवको सोही अवधिमा भने बैंकले ९३ अर्ब ४९ करोड ६६ लाख २८ हजार रुपैंयाँ निक्षेप संकलन गरी ७८ अर्ब सात करोड ८२ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९१ करोड ७९ लाख सात हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ६० प्रतिशत रहेको थियो ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह