Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंककाे तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक


GDP नेपाल
   ७ बैशाख २०७९, बुधबार


सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले चैत मसान्तसम्ममा १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा बैंकको नाफा २.८७ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले १ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, बैंकको खुद ब्याज र सञ्चालन नाफा ४४.८४ प्रतिशत र सञ्चालन नाफा ११.१५ प्रतिशतले बढेको छ । बैंकको वितरणयोग्य नाफा भने ३५.६२प्रतिशतले घटेको छ ।

हाल यसको खराब कर्जा १.७२ प्रतिशत रहेको छ । गत वर्ष खराब कर्जा १.८३प्रतिशत रहेको थियो । यो त्रैमाससम्म बैंकले निक्षेप संकलन ३ ्रतिशत र कर्जा लगानी ११.१५ प्रतिशतले बढाउन सफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ ७९ पैसाले घटेर १४ रुपैयाँ ९३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह