Logo

बैंक / बिमा /शेयर

तेस्रो त्रैमासमा आशा लघुवित्तको नाफा १२.४१ प्रतिशतले बढ्यो


GDP नेपाल
   ८ बैशाख २०७९, बिहिबार


आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा १२ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १२.४१ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ६७ लाख ६४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ३१.८७ प्रतिशतले बढेर २५ करोड ३ लाख ५६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १८ करोड ९८ लाख ४४ हजार रूपैयाँ रहेको थियो ।

तेश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १३.०७ प्रतिशतले बढेर १७ करोड ५४ लाख ६९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १५ करोड ५१ लाख ८३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ र जगेडा कोषमा २१ करोड ८३ लाख ६६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ९ईपीएस० २२ रूपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४ पैसा रहेको छ ।

 

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह