Logo

कृषि / सहकारी

२६ प्रतिशतले घट्यो गुडविल फाइनान्सकाे खुद नाफा


GDP नेपाल
   ८ बैशाख २०७९, बिहिबार


गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार फाइनान्सले चैत मसान्तसम्ममा ११ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा संस्थाको नाफा २६.१५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १५ करोड ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा घटेपछि फाइनान्सको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३३.५६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २८.४९ प्रतिशत घटेको छ । समीक्षा अवधिमा फाइनान्सको निष्क्रिय कर्जा २ प्रतिशतबाट बढेर ३.५६ प्रतिशत पुगेको छ ।

खुद नाफा घटेसँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ७ रुपैयाँ ४६ पैसा घटेर १५ रुपैयाँ ६२ पैसामा झरेको छ ।

समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ९.१० प्रतिशत बढेको छ भने जगेडा कोष ६.९८ प्रतिशत घटेको छ । त्यसैगरी, समीक्षा अवधिमा फाइनान्सको निक्षेप ३.६४ प्रतिशत बढेको छ भने कर्जा ११.४३ प्रतिशत बढेको छ ।

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह