Logo

बैंक / बिमा /शेयर

५५ प्रतिशतले घट्यो पोखरा फाइनान्सको खुद नाफा


GDP नेपाल
   ८ बैशाख २०७९, बिहिबार


पोखरा फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५५.५२ प्रतिशतले घटेको छ । गत वर्ष चैत मसान्तसम्ममा १५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यो वर्ष ६ करोड ८८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ३.४० प्रतिशत र ५५.५२ प्रतिशतले घटेको छ ।

यो त्रैमाससम्म आइपुग्दा यसको वितरणयोग्य नाफा ३ करोड ८० हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म आइपुग्दा गुडविलको निक्षेप संकलन १३.७० प्रतिशत र कर्जा लगानी ४४.५७ प्रतिशतले बढेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १८ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३ पैसा कायम भएको छ ।

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह