Logo

Sub-banner

नयाँ वर्षको अवसरमा सर्वोत्तम सिमेन्टको ‘मिस्टर ह्याप्पी टुर’


GDP नेपाल
   ८ बैशाख २०७९, बिहिबार


सर्वोत्तम सिमेन्टले नयाँ वर्ष २०७९ को अवसरमा हास्य कलाकार तथा टेलिभिजन कार्यक्रम ह्वाट द फ्लपका निर्माता तथा प्रस्तोता सन्दिप छेत्रीलाई साथमा लिएर ‘मिस्टर ह्याप्पी टुर’ कार्यक्रमको आयोजना गरिरहेको छ ।

सिमेन्टको उत्पादन तथा प्रयोग आम नेपालीले बुझ्न जरुरी रहेको यर्थाथलाई मध्य नजर गर्दै सामाजिक सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने क्रममा मिस्टर ह्यापी टुर २०७९ सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

वैशाख ३ गते शनिबारका दिन पोखराका चिप्लेढुंगाबाट सुरू भएको मिस्टर ह्यापी टुर २०७९ भैरहवाको बुद्धचोक, परासीको परासी बजार, चितवनको नारायणीतीर, वीरगंजको शहिद पार्क, घण्टाघर, गौरको विपी चोक हुँदै यहि शुक्रबार साँझ ५ बजे मिथिला नगरी जनकपुरको जानकी मन्दिर प्रांगनमा सञ्चालन हुँदै सम्पन्न हुने बताइएको छ ।

आफ्नै चुनढुंगा र विद्युत स्रोतको प्रयोग गरी ४३ ग्रेड र ५३ ग्रेडका सिमेन्ट उत्पादन तथा वितरण गर्दै आएको सर्वोत्तम सिमेन्ट उत्पादन प्रविधिमा नेपालमा भिआरएम (भर्टिकल रोलर मसिन) प्रविधि प्रवेश गराउने कम्पनी हो।

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह