Logo

बैंक / बिमा /शेयर

उपकार लघुवित्तकाे आईपीओ बाँडफाँट


GDP नेपाल
   ९ बैशाख २०७९, शुक्रबार


उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको हात्तिसारस्थित कार्यालयमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको हो ।

जसमा २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २३ लाख ५१ हजार ४६२ जनाको आवेदनमध्ये २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोला प्रथामा सहभागि गराइएको थियो । कम्पनीले जारी पूँजी रू।६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित दरको २ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेशेयर निष्कासन गरेको थियोे ।

सर्वसाधारणका लागि निष्कासन गरिएको कुल कित्ता सेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकिएको छ। कम्पनीले बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर भने सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह