Logo

बैंक / बिमा /शेयर

नेपालमा अधिकतम १५ वटा वाणिज्य बैंक आवश्यक


GDP नेपाल
   १२ बैशाख २०७९, सोमबार


नेपाल राष्ट्र बैंकको एक अध्ययनले नेपालमा अधिकतम १५ वटा वाणिज्य बैंक मात्र आवश्यक भएको निष्कर्ष निकालेको छ ।

नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको अधिकतम संख्याका विषयमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीइओ, सञ्चालक तथा विज्ञ गरेर २४० जनामा गरेको सर्वेक्षणले उक्त निष्कर्ष निकालेको हो ।

सर्वेमा ५० प्रतिशतभन्दा धेरैले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक भए पुग्ने राय दिएका थिए। त्यस्तै ५ प्रतिशतले ५ देखि १० वटा बैंक हुनुपर्ने ,१५ प्रतिशतले १६ देखि २० वटा बैंक हुनुपर्ने र बाँकीले २० देखि २५ बैंक हुनुपर्ने राय दिएका छन्। सर्वेमा सहभागीमध्ये ५७ प्रतिशतले इनसेन्टिभ दिएर मर्जर गर्नु पर्ने बताएका छन् भने २० प्रतिशतले फोर्स मर्जर गर्नुपर्ने बताएका छन् । ६१ प्रतिशतले मर्जरले कमजोर र बलिया बैंक तथा वित्तीय संस्थाविच मर्जर गर्नुपर्नेमा जोड दिएका छन्।

 

प्रकाशित : १२ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह