Logo

बैंक / बिमा /शेयर

१० प्रतिशतले घट्यो एक्सेल डेभलपमेन्ट बैंककाे नाफा


GDP नेपाल
   १२ बैशाख २०७९, सोमबार


एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले तेस्रो त्रैमासमा १० करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा बैंकको नाफा १०.०९ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा बैंकले ११ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ३.०१ प्रतिशत र सञ्चालन नाफा ७.१६ प्रतिशतले बढेको छ ।

हाल यसको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । रिर्जभ कोषमा ३६ करोड ७५ लाख रुपैयाँ रहेको छ । चैतसम्म १० अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको यसले १० अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिसेयर आम्दानी १२ रुपैयाँ २६ पैसा (वार्षिक) रहेको एक्सेलको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ७२ पैसा छ ।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह