Logo

Sub-banner

अनुमति नलिने पात्रो र भित्तेपात्रोलाई कार्यविधि बनाएर कारबाही गरिने


GDP नेपाल
   १३ बैशाख २०७९, मंगलबार


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोलाई कार्यविधि बनाएर कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।

समितिको गठन आदेशको दफा ७ को बुँदा ९ञ० र ९ठ० अनुसार अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रालाई कारबाही गर्न कार्यविधि बनाउन लागेको हो । कार्यविधि मस्यौदा गर्ने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग पनि छलफल गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

समितिसँग अनुमति लिएर हालसम्म १४ पात्रो र ८९५ भित्तेपात्रो प्रकाशन भएका छन् । दुई पात्रो र करिब तीन दर्जन भित्तेपात्रो अनुमति नलिई प्रकाशन भएको पाइएको पनि उहाँले सुनाउनुभयो । अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोका नाम पनि क्रमशः सार्वजनिक गरिने भएको छ ।

समितिले गठन गरेको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरे हाल हप्तामा एक दिन बजार अनुगमन गर्ने गरिएको बताउनुहुन्छ । अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोको सूचना समितिमा दिन सकिने जानकारी पनि उहाँले दिनुभयो ।

मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समिति गठन आदेश स्वीकृत गरेपछि पात्रो र भित्तेपात्रोले स्वीकृति लिनुपर्ने व्यवस्था नेपाल राजपत्रमा प्रकाशन भएको थियो । विसं २०७८ असारमा आदेश नेपाल राजपत्रमा प्रकाशन भएपछि यो व्यवस्था यसै वर्षको पात्रो र भित्तेपात्रो प्रकाशनदेखि कार्यान्वयनमा आएको हो ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह