शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४५ हजार ९९१ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ ।
बैंकले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १८५ रुपैयाँलाई आधार मानेर न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक, अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
आवेदन दिने अन्तिम म्याद वैशाख २२ गतेसम्म रहेको छ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
प्रतिक्रिया