Logo

Sub-banner

विद्युत पोल प्रयोग गरेबापत एक करोड ५७ लाख राजश्व सङ्कलन


GDP नेपाल
   १४ बैशाख २०७९, बुधबार


नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत पोल प्रयोग गरेबापत रु एक करोड ५७ लाख ३९ हजार ९७३ राजश्व सङ्कलन गरेको छ । जिल्लामा रहेका १४ वटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट राजश्व रकम भुक्तानी गराइएको हो ।

भुक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाइवर वल्ड कम्युनिकेशन प्रा।लि रहेका कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

यस्तै ब्रोडलिङ्क, वेबसफर, डिशहोम, भायनेट कम्युनिकेशन, टेक माइन्स कम्युनिकेशन र एन्जियटा एन सेलले पोल प्रयोग बापतको राजश्व बुझाएका हुन् । उहाँका अनुसार जिल्लामा अझै सिम टिभी र क्लासिटेक कम्युनिकेशनले रु ३०÷३० लाख बुझाउन बाँकी रहेको छ । अन्य स–साना कम्पनीहरु प्नि रहेको र उनीहरु राजश्व बुझाउन आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले पोल प्रयोग गरेबापतको भाडा बुझाउन केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाको लाइन काट्ने तथा सामान जफत गर्ने गरेपछि सेवा प्रदायक संस्थाहरुले राजश्व बुझाउन थालेका हुन् ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह