Logo

बैंक / बिमा /शेयर

कास्कीको बगरमा बैंक अफ काठमाण्डूको नयाँ शाखा


GDP नेपाल
   १५ बैशाख २०७९, बिहिबार


बैंक अफ काठमाण्डू लिमिटेडले पोखरा महानगरपालिका वडा नं. ०१, बगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहिबार एक समारोहका बिच नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले उक्त शाखाको संयुक्त उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष श्रेष्ठले ग्राहकहरूको लाभलाई मध्यनजर गर्दै आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जनाए । साथै, बैंकले गण्डकी प्रदेशमा अन्य शाखा कार्यालयहरु पनि संचालनमा ल्याउने योजना बनाइरहेको जानकारी दिए ।

यस्तै, राष्ट्र बैंकका निर्देशक डा. खरेलले राष्ट्र बैंकको उद्देश्य बमोजिम विभिन्न स्थानहरुमा शाखा कार्यालय संचालन गरि सर्वसाधारणलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको भन्दै्र बैंकलाई धन्वाद ग्यापन गरेका थिए ।

बैंकले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : १५ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह