Logo

Banner-news

आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी


GDP नेपाल
   १५ बैशाख २०७९, बिहिबार


वायुसेवा सञ्चालक संघले रात्रीकालीन उडान गर्न नसक्ने जनाएको छ ।

विज्ञप्ति जारी गर्दे संघले विभिन्न प्राविधिक समस्याका कारण राति ८ बजेपछिका नियमिततर्फका उडान तत्काल गर्न नसक्ने बताएको हो । वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुण एयरलाइन्सले नयाँ तालिकाअनुसार उडान कार्यान्वयन गर्न नसक्ने बताउँदै उडानहरू स्लट संशोधन नभएसम्मका लागि सम्पूर्ण उडानहरू बन्द गर्ने चेतावनी समेत दिएका छन् ।

बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान भइरहेका विमानस्थलहरूमा बिहीबारदेखि बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा उडान कायम गर्न सूचना जारी गरेको थियो ।

प्रकाशित : १५ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह