Logo

Banner-news

ऋण तिर्न नसकेपछि लघुवित्तका कर्मचारीले नै ऋणीको घरमा लगाइदिए आगो


GDP नेपाल
   १६ बैशाख २०७९, शुक्रबार


मेरो माइक्रोफाइनान्स लघुवित्तका कर्मचारीमाथि ऋण तिर्न नसक्दा ऋणीको घरमा आगो लगाइदिएको आरोप लागेको छ । सप्तरीको कदमाहामा सञ्चालित उक्त लघुवित्तका कर्मचारीले सुरुङ्ग नगरपालिका ३ लक्ष्मीपुरकी सरस्वती सिंहको घरमा आगो लगाइदिएको आरोप लागेको हो ।

ऋण तिर्न नसकेपछि कर्मचारीले ५ वैशाखमा आफ्नो घरबाट दुई वटा भैंसी लग्नुका साथै महिला कर्मचारीले बिँडी सल्काई घरमा समेत आगजनी गरेको पीडितले बताएकी छन् । सिंहले २४ लाख ३६ हजार बारबरको धनमाल नष्ट भएको जनाउँदै क्षतिपूर्ति उपलब्ध गराइदिन मागसहित प्रहरीमा उजुरी दिएकी छन् ।

यता, लघुवित्तका कर्मचारीले भने भैंसी लयाएको स्वीकार गर्दै घरमा भने आगजनी नगरेको बताएका छन् ।

सिंहले ३ असार ०७८ मा ५० हजार र ६ असोजमा दुई लाख गरी उक्त लघुवित्तबाट दुई लाख ऋण लिएकी थिइन् । लघुवित्तका अनुसार उनले हालसम्म १२ हजार पाँच सयका दरले दुई लाखको पाँच किस्ता र ६ हजारका दरले ५० हजारको नौ किस्ता बुझाइसकेकी छन् ।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह