Logo

कृषि / सहकारी

४१ प्रतिशतले बढ्यो धौलागिरी लघुवित्तकाे नाफा


GDP नेपाल
   १८ बैशाख २०७९, आइतबार


धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा २ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा ४१.६४ प्रतिशतले बढेको हो । गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी पनि २६.१० प्रतिशतले बढेर ७ करोड ६९ लाख पुगेको छ । गत वर्ष कम्पनीले ६ करोड १० लाख कमाएको थियो ।

सञ्चालन नाफा भने २६.७३ प्रतिशतले घटेर १ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष कम्पनीले २ करोड ७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । चैत मसान्तसम्म ६५ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल यसको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १० करोड ६८ लाख रहेको छ । कम्पनी खराब कर्जा भने बढेको छ । गत वर्ष ३.३८५ रहेको यसको खराब कर्जा यो त्रैमासमा घटेर ४.९५५ मा आएको छ । धौलागिरीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६ पैसाबाट बढेर ४४ रुपैयाँ ४२ पैसा ९बार्षिक० कायम भएको छ ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह