Logo

Sub-banner

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते २० प्रतिशत छुट



बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको छ ।

कम्पनीले ‘जे चाहिन्छ, त्यही पाइन्छ’भन्ने नारासहित ‘२० मा बिज’ अभियान सञ्चालनमा ल्याएको हो । यस अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बिज बजारबाट सामान किन्दा कम्पनीले तोकेका वस्तुमा न्यूनतम २० प्रतिशत छुट पाइने बताइएको छ । यो अभियान यही वैशाख महिनाबाट सुरु हुने बताइएको छ ।

साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्की ड्रमार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू (१ उपहार प्रति सेवाग्राही) प्राप्त गर्नेछन् । त्यसै गरी यो अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजेदेखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुटसहितका रहस्यमय सामानहरूको बिक्री पनि सञ्चालन हुने बताइएको छ ।

साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडेर डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने विश्वास कम्पनीको छ । साथै २०७९ साल वैशाख ३१ सम्म सेवाग्राहीहरूलाई बिज बजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुटसमेत दिने छ ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह