Logo

Banner-news

भक्तपुर उद्योग वाणिज्य संघ र काठमाडौं वल्र्ड स्कुलबीच अन्तक्रिया कार्यक्रम सम्पन्न


GDP नेपाल
   १८ बैशाख २०७९, आइतबार


प्रोगेसिभ शिक्षाका लागि भक्तपुर उद्योग वाणिज्य संघ र काठमाडौँ वल्र्ड स्कुलबीच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो समय विश्वस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको काठमाडौँ वल्र्ड स्कुलले समयसापेक्ष उद्योगी व्यवसायीहरु, विभिन्न संघसंस्था, विद्यार्थीलगाएत अभिभावकसँग गुणस्तरीय शिक्षाका लागि छलफल तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । वाणिज्य संघसँग भएको उक्त अन्तक्रियामा विद्यालयको तर्फबाट कस्ता पाठ्य सामाग्री समावेश गर्ने र उच्च शिक्षा हासिल पश्चात विद्यार्थीहरुले सोही अनुरुप देश विदेशमा रोजगारीको अवसर पाउँछन् या पाउँदैनन् तथा अध्ययनपछि रोजगारीका अवसरहरुमा निजी क्षेत्रले कस्तो भूमीका खेल्न सक्छ भन्नेबारे छलफल गरिएको थियो ।

विद्यार्थीका लागि थ्री स्टार आवासीय व्यवस्था भएको सो विद्यालयमा हाल करिब ८०० जना विद्यार्थीहरु अध्यनरत छन् । नर्सरीदेखि प्लस टु तथा ए लेभलको अध्ययन गराउँदै आइरहेको उक्त विद्यालयमा विदेशमा बसोबास गरिरहेका नेपालीका बालबालिका समेत अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ ।

समितिले शैक्षिक वातावरणलाई विद्यार्थीमैत्री बनाउन यसै क्षेत्रमा दशकौँ विताएका शिक्षकहरु, कक्षामा सिमित विद्यार्थी, यथेस्ट श्रोत साधनको व्यवस्था, सुविधा सम्पन्न भौतिक संरचना र विभिन्न अतिरिक्त शिक्षाको व्यवस्था समेत गर्दै आएको विद्यायलका प्रिन्सिपल केशर बहादूर खुलाले जानकारी दिनुभयो ।

सूचना प्रविधिको विकाससँगै विद्यालयमा सैद्धान्तिक शिक्षा मात्र नभएर व्यवहारीक शिक्षालाई समेत अघि बढाउँदै गुणस्तरीय र सुविधायुक्त ल्याबहरुको निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिथिलेश कुमार झाले बताउनुभयो ।

यस्तै, कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष शिव प्रसाद मानन्धरले गुणस्तरीय शिक्षा प्रदान गर्दे आइरहेको वल्र्ड स्कुल भक्तपुरमा स्थापना हुनु भक्तपुरवासीका लागि गर्वको विषय भएको जनाउनुभयो । उहाँले वल्र्ड स्कुलले प्रदान गर्दै आइरहेको शिक्षाको खाकालाई जिल्लाभर संचालित अन्य विद्यालयहरुमा पनि लागू गर्न सकिए भक्तपुर शिक्षामा देशकै नमुना जिल्लाको रुपमा चिनिने विश्वास व्यक्त गर्नुभयो । यस्तै, उच्च शिक्षापश्चात विद्यार्थीको क्षमता र प्रतिभालाई ठाउँ दिन र रोजगारीका अवसरहरु सिर्जना गर्न नीजि क्षेत्र सदैव तयार रहेको उहाँले बताउनुभयो । देशमै रोजगारीको सवाल उठाएर विद्यालयले जुन ढंगले अहिले देशभरका युवाहरुको ब्रेन ड्रेनन भइरहेको अवस्था छ त्यसलाई रोक्नमा समेत अहम भूमीका खेलेकाले यो कार्य अति नै प्रशंसनिय रहेको मानन्धरले बताउनुभयो ।

चौधरी ग्रुपको लागनीमा स्थापित यस विद्यालय कुशल व्यवस्थापनद्वारा सञ्चालन गरिँदै आएको छ ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह