Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा


GDP नेपाल
   १९ बैशाख २०७९, सोमबार


महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले वैशाख २५ गते विशेष साधारण सभा आह्वान गरेको छ । सभा, होटल हुकुम दरवार कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले कम्पनीको पूँजी वृद्धि गरी अधिकृत पूँजी रू.५ अर्ब र जारी पूँजी रू.३ अर्ब पुर्‍याउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले सर्वसाधारणलका लागि आईपीओ निष्कासन गर्ने र यस कम्पनी र अन्य कुनै पनि जीवन कम्पनी एक आपसमा गाभ्नर गाभिन अथवा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह