Logo

बैंक / बिमा /शेयर

१६.९७ प्रतिशतले बढ्यो स्वरोजगार लघुवित्तको खुद नाफा


GDP नेपाल
   २१ बैशाख २०७९, बुधबार


स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा १३ करोड १७ लाख नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १६.९७ प्रतिशतले बढेको हो । कम्पनीले गत आवमा ११ करोड २६ लाख नाफा कमाएको थियो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३५ प्रतिशत र सञ्चालन नाफा १०९ प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी २५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ५१ करोड ४० लाख पुगेको हो ।चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा २२ करोड ५१ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले ४ अर्ब ६० लाख सापटि लिएर,३ अर्ब ६ करोड निक्षेप संकलन गरेर ७ अर्ब ६३ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।

त्यसैगरी कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३४.१८, मूल्य आम्दानी अनुपात २८.५० टाइम्स, तरलता अनुपात ८.६९ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४३.८० रहेको छ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह