मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई पुनः सिइओमा नियुक्त गरेको हो । पोखरेलले जेठ १ गतेदेखि दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हाल्नेछन् ।
विगत तीन दशक भन्दा धेरै बैंकिङ्गको क्षेत्रमा रहेका उनी २०७३ मंसिर १९ गतेदेखि मुक्तिनाथ बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रवेश गरेका थिए ।
पोखरेल डेभलपमेन्ट बैंकरर्स असोसिएसन नेपाल (Development Bankers Association Nepal) का अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया