Logo

बैंक / बिमा /शेयर

एनसीसी बैंककाे एक लाख कित्ता संस्थापक सेयर लिलामीमा


GDP नेपाल
   २१ बैशाख २०७९, बुधबार


नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ ।

बैंकले एक लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघरसंस्थाहरूले पनि आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय ३० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । यस सेयरमा जेठ ४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

बैंकको सेयर बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा आइपुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह