Logo

बैंक / बिमा /शेयर

अप्पर सोलु हाइड्रोकाे आईपीओ विक्री खुला


GDP नेपाल
   २२ बैशाख २०७९, बिहिबार


अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज देखि आईपीओ निष्कासन गर्दैछ गरेको छ ।

कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले स्थानीयका लागि रू. १३ करोड ५० लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित दरका १३ लाख ५० हजार कित्ता शेयर जारी गरेको हो । स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

यो आईपीओ छिटोमा जेठ ५ गतेसम्म विक्रीमा रहनेछ भने योे अवधिसम्म आवेदन नपरेमा ढिलोमा जेठ २० गतेसम्म विक्री खुला हुने मिति तय भएको छ । इक्रा नेपालले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीयले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत २०७८ साल फागुन ७ गतेदेखि राष्ट्रिय प्रशारण प्रणाली मार्फत पूर्ण रुपमा विक्री भैरहेको हो ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह