Logo

Sub-banner

गोल्डस्टार जुत्ता खरीदमा ‘आइएमई पे’ मार्फत भुत्तानी गर्दा ३० प्रतिशतसम्म छुट


GDP नेपाल
   २२ बैशाख २०७९, बिहिबार


आइएमई ग्रुपद्वारा प्रवर्द्धीत आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारवीचबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३० प्रतिशत देखि रू. ३०० सम्मको छुटको व्यवस्था मिलाइएको छ । सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गनुभएको छ ।

सिमित अवधिका लागि ल्याइएको यो अफर २३ बैशाख शुक्रबारबाट सुरु गरिएको छ । गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा Web Checkout मा ३०% देखि रु ३०० सम्मको छुट रहेको छ भने गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा SMART QR मार्फत पनि भुक्तानी गर्न सकिने जनाइएको छ ।

उक्त योजनाको बारेमा बोल्दै आइएमई पेका सहायक महाप्रबन्धक सिँह बस्नेतले भन्नुभयो“आइएमई पे र गोल्डस्टारवीचको सम्झौताले हामी निकै उत्साहित भएका छौं र सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहीत गर्छौँ । यस्तै, गोल्डस्टारका ई–वाणिज्य प्रमुख मिश्राले भन्नुभयो “आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाने कुरामा विश्वस्त छु”

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह