Logo

Banner-news

अमेरिकाले नेपाललाई झण्डै ८० अर्ब रुपैयाँ अनुदान दिने


GDP नेपाल
   २२ बैशाख २०७९, बिहिबार


अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान दिने भएको छ ।

नेपाल सरकार र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बीच ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालायमा बिहीबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख इश्वरीप्रसाद अर्याल र यूएसआईडीका नेपाल निर्देशक सेपीदेश केवंशदले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

अमेरिकाले आगामी ५ वर्षभित्र खर्च गर्ने गरीे नेपाललाई सो रकम उपलब्ध गराएको हो । मन्त्रालयका अनुसार सो रका शिक्षा, स्वास्थ्य, दीगो उर्जा र कृषि विकासमा खर्च गरिने छ ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह