नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि अप्पर हेवाखोला जलविद्युत कम्पनी लिमिटेडलाई अनुमति दिएको छ ।
बोर्डले अनुमति दिएसँगै कम्पनीले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि गरी १०० अंकित दरका कुल २० लाख कित्ता आईपीओ जारी गर्नेछ। यो आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ चुक्तापुँजी पुग्नेछ।
अप्पर हेवाखोलाको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया