Logo

बैंक / बिमा /शेयर

सनराइज बैंकको ‘सनराइज दोब्बर मुद्दती’ योजना


GDP नेपाल
   २३ बैशाख २०७९, शुक्रबार


सनराइज बैंकले सनराइज दोब्बर मुद्दती योजना ल्याएको छ। आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरुले न्यूनतम १ लाख रुपैयाँ जम्मा गरी मुद्दती खाता खोल्न सक्नेछन्।

यसअन्तर्गत उक्त रकम ७७ महिनामा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सकिने बैंकले जनाएको छ। मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन पनि सकिनेछ। यस्तै, विशेष सुविधाहरूमा ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिनुका साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्कसमेत मिनाहा गरिएको बैंकले विज्ञप्तिमार्फत् जनाएको छ।

यसैगरी बैंकले ग्राहकहरुको स्वास्थ्यमा पनि साथ दिँदै हरेक बचत खातामा स्वास्थ्य बिमा प्रदान गर्दै आएको छ। साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्यस्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख रुपैयाँसम्मको घातक रोग खर्च र १० हजार रुपैयाँसम्मको प्रसुती खर्चसमेत प्रदान गर्दै आएको छ ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह