Logo

बैंक / बिमा /शेयर

नबिल बैंक युएसडीएमा सूचीकरण


GDP नेपाल
   २३ बैशाख २०७९, शुक्रबार


नबिल बैंकले यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (यूएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि यूएसडीएसँग सम्झौता गरेको छ ।

यूएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याकंनपछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नबिल नेपालको पहिलो र एकमात्र बैंक हुनेछ ।

यो व्यवस्थासँगै नबिल बैंकले यूएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ । यूएसडीए कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकको तर्फबाट जारी गरेको प्रतित पत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनु पर्नेछैन ।

यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतित पत्रमार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् । ‘यूएसडीएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रम अन्तर्गत नबिल सूचीकृत हुनु अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुङ्गा हुनेछ’ बैंकले भनेको छ ।बैंकका हाल देशभर १४८ शाखा, १८७ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु संचालनमा छन् ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह