Logo

बैंक / बिमा /शेयर

४७.९१ प्रतिशतले घट्यो सपोर्ट लघुवित्तकाे खुद नाफा



सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ ।

गत वर्षको तुलनामा कम्पनीको खुद नाफा ४७.९१ प्रतिशतले घटेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड १२ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष १ करोड १० लाख ८४ हजार रुपैयाँ मात्र आर्जन गर्न सफल भएको छ । यस्तै, खुद ब्याज आम्दानी ६.२९ प्रतिशत र सञ्चालन नाफा ४७.९१ प्रतिशतले घटेको छ ।

यस्तै, गत वर्षको तुलनामा प्रोभिजनिङ पनि बढ्न गएको छ । यता, चुक्ता पुँजी ३०५ ले बढेको छ भने रिजर्भ कोषमा सामान्य सुधार भएको छ । सपोर्टको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा छ ।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह