Logo

बैंक / बिमा /शेयर

७१ प्रतिशतले बढ्यो ज्योति लाइफ इन्स्योरेन्सको नाफा


GDP नेपाल
   २५ बैशाख २०७९, आइतबार


ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा २० करोड ६५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा यो नाफा ७०.९९ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको तुलनामा १२।७९ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधीमा कम्पनीले २ अर्ब २१ करोड ९ लाख ७७ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीको बिमा कोषको आकार पनि ६१.९१ प्रतिशतले बढेर ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधीमा कम्पनीको बिमा कोषमा ३ अर्ब ४९ करोड ६७ लाख ९१ हजार रुपैयाँ थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र जगेडा कोषमा ५६ करोड ६८ लाख ४७ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९ पैसा रहेको छ ।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह