महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीको आज बसेको विशेष साधारण सभाले ९० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेके छ ।
यसअघि ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने तयारी गरेको कम्पनीले बीमा समितिले पुँजीवृद्धिको योजना ल्याएपछि रकम बढाएको हो । बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया