Logo

बैंक / बिमा /शेयर

४८प्रतिशतले घट्यो युनाइटेड मोदीको खुद नाफा


GDP नेपाल
   २६ बैशाख २०७९, सोमबार


युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ४८प्रतिशतले थोरै हो ।

गत वर्ष यसले ५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि २२ करोड ६३ लाख रुपैयाँबाट घटेर १८ करोड १३ लाख रुपैयाँमा झरेको छ । यसले गर्दा पनि कम्पनीको नाफा प्रभावित भएको छ ।

यसअवधिमा कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने बढेको छ । गत वर्ष १४ लाख ३३ हजार रुपैयाँ अन्य श्रोतबाट आम्दानी गरेको यो कम्पनीले यो त्रैमासमा बढाएर ३ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब १५ करोड रहेको छ भने रिजर्भ कोषमा १० करोड ४५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी (वार्षिक०) २ रुपैयाँ ३९ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ भने १०९ रुपैयाँ ०९ पैसा छ ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह