Logo

बैंक / बिमा /शेयर

करिब १० प्रतिशतले बढ्यो साना किसान विकास लघुवित्तको नाफा


GDP नेपाल
   २६ बैशाख २०७९, सोमबार


साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकोले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले तेस्रो त्रैमासमा ५० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा ८.९० प्रतिशतले बढेको हो । कम्पनीले गत वर्षको सोही अवधिसम्ममा ४६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, कम्पनीको चुक्ता पूँजी २५ प्रतिशतले बढेको छ भने जगेडा कोष १२.२७ प्रतिशतले बढेको छ । लघुवित्तको सापटी २५.७५ प्रतिशत र कर्जा २३.०३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.४८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६.४६ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ८.५८ प्रतिशत बढेको छ ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ५८ पैसा घटेर ४२ रुपैयाँ ८३ पैसामा झरेको छ । चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २६.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह