Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता


GDP नेपाल
   २७ बैशाख २०७९, मंगलबार


ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीच सञ्चालनको सम्बन्धमा सम्झौता गरिएको छ । दुई संस्थाबीच औपचारिक रूपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ग्राहकलाई ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’मार्फत सरकारी तथा अर्धसरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बीमा शुल्क भुक्तानी, शेयर कारोबार लगायतको भुक्तानी सुविधा उपलब्ध गराउनेछ । बैंकले नेशनल पेमेन्ट स्वीचअन्तर्गतका नेपाल पे क्यूआर, नेपाल पे इन्स्ट्यान्ट, नेपाल पे रिक्वेस्ट लगायतका सेवा पनि उपलब्ध गराउनेछ । डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि ग्लोबल आईएमई बैंक अग्रसर रहिआएको बताइएको छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह