Logo

Sub-banner

१० प्रतिशतले बढ्यो अरुण काबेली पावरकाे खुद नाफा


GDP नेपाल
   २७ बैशाख २०७९, मंगलबार


अरुण काबेली पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बकम्पनीले त्स्रो त्रैमाससम्ममा २२ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको तुलनामा कम्पनीको नाफा १०.३४ प्रतिशतले बढेको हो । गत वर्ष यसै अवधिमा कम्पनीले २० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी १४.६२ प्रतिशतले बढेर ५९ करोड २५ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले विद्युत बिक्रीबाट ५१ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीले अन्य श्रोतबाट हुने आम्दानी पनि ५ लाख ४२ हजार रुपैयाँबाट बढाएर ३१ १५ हजार लाख रुपैयाँ पुर्याएको छ । हाल अरुण काबेलीको चुक्ता पुँजी १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २३ करोड २८ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ १२ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ५५ पैसा छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह