Logo

घुमफिर

पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने



निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौँमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुनसक्ने असुविधालाई ध्यानमा राखेर सटल बस सञ्चालन गर्न लागेको हो ।

बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिष्ट बस एशोसिएशन अफ नेपाल र नेपाल टुरिष्ट भेहिकल एशोसिएशनको समन्वयनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवतजावतका लागि विभिन्न रुटमा सटल बस सञ्चालन गर्न लागेको हो ।

बोर्डले रुट नं १ मा विमानस्थलदेखि नेपाल वायुसेवा निगम, होटल अन्नपूर्ण, होटल याक एण्ड यती, ठमेल चोक, लैनचौर चोक, शङ्कर होटल हुँदै विमानस्थलसम्म, रुट नं २ मा विमानस्थलदेखि होटल ¥याडिसन, होटल साङ्ग्रिला, नारायणगोपाल चोक, महाराजगञ्ज चोक, ह्यात होटल, चावहिल हुँदै विमानस्थलसम्म कायम गरेको छ ।

यस्तै रुट नं ३ मा विमानस्थलदेखि तीनकुने चोक, होटल एभरेष्ट, माइतीघर चोक, होटल हिमालयन, होटल सोल्टी, ग्राण्ड होटल हुँदै विमानस्थलसम्म रहेको छ । सटल बस सेवा गरेवापत पर्यटकले सम्बन्धित बसधनीलाई रु ३०० बुझाउनुपर्ने बोर्डले जनाएको छ ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह