Logo

कृषि / सहकारी

३५ प्रतिशतले बढ्यो नेशनल माइक्रोफाइनान्स लघुवित्तको नाफा


GDP नेपाल
   २८ बैशाख २०७९, बुधबार


नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा ३५ प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू२४ करोड ९१ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा रू ३३ करोड ६८ लाख नाफा कमाएको छ ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएको र सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएकाले सञ्चालन नाफा बढ्न गई नाफा बढ्न टेवा पुगेको हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा रू २ करोड ८६ लाख छुट्याएकोमा चालू आवमा रू। २९ लाख ७० हजार छुट्याएको छ। कम्पनीको चुक्तापूँजी रू ५८ करोड ६६ लाख रहेको छ । साथै कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा रू ६८ करोड ४९ लाख सञ्चित गरेको छ ।

सो अवधिमा कम्पनीले रू ६ अर्ब ३८ करोड सापटि लिएर,रू। ३ अर्ब ३४ लाख निक्षेप संकलन गरेर रू १० अर्ब ८० करोडभन्दा बढी कर्जा लगानी गरेको छ।

चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू७७ दशमलव शून्य ४(वार्षिक) मूल्य आम्दानी अनुपात २७ दशमलव ५८गुणा,तरलता अनुपात ३ दशमलव ५० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू २१६ दशमलव ७५ रहेको छ ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह