Logo

बैंक / बिमा /शेयर

तेस्रो त्रैमासमा बीमा संस्थानको खुद नाफा ४ करोड ९६ लाख रुपैयाँ


GDP नेपाल
   २९ बैशाख २०७९, बिहिबार


राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार संस्थाले ते्रस्रो त्रैमाससम्ममा ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा संस्थाको नाफा २.१५ प्रतिशतले बढेको हो । गत वर्ष यसै अवधिमा संस्थाले ४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, समीक्षा अवधिमा संस्थानले खुद बीमा शुल्क आम्दानी समेत ७.४३ प्रतिशतले बढाएर ७ अर्ब २७ करोड रुपैयाँ पुर्‍याएको छ । गत वर्ष यस्तो आम्दानी कम्पनीले ६ करोड ७७ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।

यता दाबी भुक्तानी तर्फ समीक्षा अवधिमा संस्थानले ३ अर्ब १२ करोड ३८ लाख रुपैयाँ भुक्तानी दिएको छ । जीवन बीमा कोषतर्फ ३२ अर्ब ४४ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३९ अर्ब ९९ लाख रुपैयाँ पुर्‍याएको कम्पनीको तेस्रो त्रैमाससम्मको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह